काठमाडौं । थाइल्याण्डले गत जुलाईको अन्त्यदेखि नियन्त्रणमा लिएका १८ कम्बोडियाली सैनिकहरू फिर्ता गरेको छ ।
कम्बोडियाको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेताले यो जानकारी दिएका हुन् ।
सैनिकहरूको रिहाइ कम्बोडिया र थाइल्याण्डबिच डिसेम्बर २७ मा तत्काल युद्ध विराम गर्ने सहमतिपछि भएको हो ।
सहमतिअनुसार, युद्ध विराम पूर्ण रूपमा कायम भएको ७२ घण्टापछि थाइल्याण्डले १८ सैनिकहरू फिर्ता गर्ने प्रतिबद्धता जनाएको थियो ।
गत जुलाईदेखि यी सैनिकहरू थाइल्याण्डको नियन्त्रणमा थिए । दुवै देशले सीमा विवाद समाधान गर्न शान्तिपूर्ण उपाय अपनाउने र द्विपक्षीय सम्बन्ध सुधार गर्ने आश्वासन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया