सशस्त्रको पशुपतिनगर गुल्मका गुल्मपति कोइराला बेहोस, बलम्बुमा उपचार हुँदै

लोकपथ
2.2k
Shares

काठमाडौं । सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश कोइराला अचानक बेहोस भएका छन् ।

अचानक चक्कर लागेर बेहोस भएपछि उनलाई फिसटेलको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । उनको अहिले बलम्बुस्थित एपीउफ अस्पतालमा उपचार भइरहेको छ ।

आज बिहान पौने ११ बजे बेहोस भएका डीएसपी कोइरालालाई सुरुमा प्राथमिक स्वास्थ्य केन्द्र पशुपतिनगरमा उपचार गरिएको थियो । त्यसपछि थप उपचारका लागि एम्बुलेन्समा राखी फिकल अस्पताल इलाम लगिएको थियो ।

फिकल अस्पताल इलाममा पुर्‍याउँदासम्म पनि होस नखुलेपछि आज दिउँसो १ बजेर २७ मिनेट जाँदा नेपाल एपीएफ अस्पतालका डाक्टर साहरुख साङ्गगछेनसहितको टोली लिएर फिसटेलको हेलिकोप्टर काठमाडौंबाट इलामको लागि प्रस्थान गरेको थियो ।

सो हेलिकोप्टर ३ बजे इलामको नगरपालिका–९ को अलैँची विकासको ग्राउन्डमा अवतरण गरेको थियो । सो हेलिकोप्टर दिउँसो ३ः३५ बजे काठमाडौंका लागि उडेको थियो । सो हेलिकोप्टर ४ बजेर ५० मिनेट जाँदा काठमाडौंमा अवतरण भएको थियो ।

त्यसपछि उनलाई एम्बुलेन्सद्वारा नेपाल एपीएफ अस्पताल बलम्बुमा लगेर उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?