चौतर्फी आलोचनापछि बन्दसूची सच्याउन रास्वपा तयार, माग्यो सुझाव

लोकपथ
119
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचनको बन्दसूचीमा देखिएको त्रुटीहरु सच्याउने भएको छ ।

सोमबार अबेर निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्दसूचीमा त्रुटी भएको स्वीकार गर्दै रास्वपाले निर्वाचन आयोगले दिएको सुझाव अनुसार सूची सच्याउने बताएको हो ।

रास्वपाले समानुपातिक छनोट गर्दा प्राइमरी छनोट विधिबाट समेत मतगणना गरेको थियो । तर छनोट भएका केही उम्मेदवारलाई पन्छाएर चर्चित पात्रहरुलाई बन्दसूचीमा राखेर पठाउँदा चौतर्फी आलोचनापछि रास्वपाले त्यसलाई सच्याउन सुझाव समेत मागेको छ ।

रास्वपाले बिहीबार बिहान १० बजेसम्म सुझाव दिन समेत भनेको छ ।

‘उक्त बन्दसूचीमा रहेका त्रुटीहरु सच्याउन निर्वाचन आयोगद्वारा दिइएको समयसीमाभित्र पार्टीले कुनै त्रुटी देखिएमा सुधार गरी समयमै पेश गर्ने जानकारी गराइन्छ । अतः बन्दसूचीमा सच्याउनुपर्ने विषयमा पौष १७ गते बिहान १० बजेभित्र यथोचित सुझाव प्रदेश सभापति मार्फत् सित्रै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन सकिने छ,’ विज्ञप्तिमा भनिएको छ ।

त्यसो त विभिन्न राजनीतिक दलहरुसँग संवादमा रहेका कारण बन्दसूची फेरबदल हुँदा समय अभावका कारण मिलाउन नसकिएको समेत रास्वपाले जनाएको छ ।

‘राजनीतिक संवादहरू हुदै थियो, सूची पटकपटक फेरबदल गर्नुपर्ने अवस्थामा समय अभावको कारण समानुपतिक सूचि तयार गर्दा केही त्रुटिहरु भएका छन र यसलाई सच्याउन पार्टी तयार छ। रास्वपाले यस ऐतिहासिक राजनीतिक अवसरको संवेदनशीलता राम्रोसँग बुझेको छ। सुझाव र सजगताको लागि धन्यवाद,’ रास्वपाका प्रवक्ता मनिष झाले भनेका छन् ।

त्यसो त रास्वपाले बन्दसूचीमा घरानीयाँ परिवारका युवायुवती, चर्चामा रहेका कलाकार, आफन्तदेखी शीर्ष नेताका नातागोतालाई समेत बन्दसूचीमा राखेको भन्दै चौतर्फी आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?