काठमाडौं । ‘डार्क फाइल’ प्रकरणका नामले परिचित फेक अडियो काण्डमा सजाय भुक्तान गरिरहेको अवस्थामा फरार रहेका प्रतिवादी राजकुमार तिमल्सिना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तिमल्सिनालाई बुधबार कास्कीको पोखराबाट पक्राउ गरेको हो ।
तिमिल्सिनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका स्रोतले लोकपथसँग पुष्टि गरेको छ ।
‘डार्क फाइल’का नाममा न्यायाधीशहरुमाथि मानमर्दन गर्दै फेक अडियो प्रकरण मिडियामार्फत् बाहिर ल्याएको प्रकरणमा उनलाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो । विद्युतीय कारोबार ऐन अन्तर्गत ६ महिनाको जेल सजाय समेत तोकिएको थियो । केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेको अवस्थामा तिमल्सिना जेनजी आन्दोलनका क्रममा जेल ब्रेक गरेर फरार रहेका थिए ।
उनलाई आज प्रहरीले पोखराबाट पक्राउ गरेर काठमाडौं पठाउने तयारी गरेको हो ।
उनले पछिल्लो समय विभिन्न न्यायाधीशहरुमाथि भ्रष्टाचारको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेख्दै आइरहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया