मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, चार दलबाट ६ मन्त्री नियुक्त

लोकपथ
259
Shares

काठमाडौैं । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री कृष्णप्रसाद यादवले चार दलबाट ६ जना मन्त्री नियुक्त गरेका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट राजकुमार गुप्ता भौतिक पूर्वाधार विकास मन्त्री र मनिषकुमार सुमन श्रम तथा यातायात मन्त्री बनेका छन् ।

त्यस्तै जनमत पार्टीबाट वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्री नियुक्त भएका छन् भने नेकपा माओवादी केन्द्रबाट फकिरा महतो गृह, सञ्चार तथा कानुन मन्त्री बनेका छन् ।

यसैगरी नेपाली कांग्रेसबाट शंकर चौधरी वन तथा वातावरण मन्त्री बनेका छन् भने श्यामप्रसाद पटेल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?