देश र दल इतिहासकै कठिन घडीमा छन् : योगेश भट्टराई

लोकपथ
112
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाल राष्ट्र, नेपाली जनता, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन क्षणबाट गुज्रिरहेको बताएका छन् । 

उनले यो अवस्थामा गम्भीर समीक्षा गर्दै सही निकास दिन धैर्यता आवश्यक रहेको उल्लेख गरेका छन् ।

विभिन्न नेताहरूले एमाले परित्याग गरेको सन्दर्भमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले पार्टी नेता–कार्यकर्तालाई विचलित नहुन र धैर्य गर्न आग्रह गरेका हुन् । उनले पार्टीभित्र देखिएको अन्तरसंघर्षलाई आस र त्रासबाट मुक्त भएर सामना गरिएको जोखिमपूर्ण तर आवश्यक कदमका रूपमा व्याख्या गरेका छन् ।

भट्टराईले नेकपा एमालेको ११औँ महाधिवेशनमा पार्टीको बहुआयामिक पुनर्गठन र नेतृत्व हस्तान्तरणको प्रस्ताव अघि सारिएको स्मरण गराउँदै उक्त प्रस्तावले राजनीतिक वृत्त, सञ्चारजगत, बुद्धिजीवी तथा आम जनसमुदायको पर्याप्त ध्यानाकर्षण गरेको बताएका छन् । उनले आगामी दिनमा पनि यस विषयमा बहस निरन्तर जारी रहने विश्वास व्यक्त गरेका छन् ।

उनले पार्टीका सम्पूर्ण कमरेडहरूलाई पार्टी एकताको पक्षमा आ–आफ्नो भूमिका निर्वाह गर्न आग्रह गर्दै आफूहरूले उठाएका मुद्दाले जनताको दिलबाट समर्थन प्राप्त गरिसकेको दाबी गरेका छन् । ती मुद्दाहरू निकट भविष्यमै पार्टीबाट पनि अनुमोदन हुने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?