विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्रे हुँदै

लोकपथ
168
Shares
फाइल तस्बिर

बागलुङ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्रे थालिएको छ । 

पहिलो चरणमा तितौरेदेखि दानविसौनासम्म कालोपत्रे सम्पन्न भइसकेको छ । यसअघि गणेशथान घुम्ती–निरयघाट र ओढारचौर–ढोडेनी सडक कालोपत्रे भइसकेको छ ।  

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार सडक कालोपत्रे गर्न विश्व बैंकले बागलुङ नगरपालिकासहित देशका १७ स्थानीय सरकारलाई अनुदान उपलब्ध गराएको थियो । स्तरोन्नतिसँगै सडक कालोपत्रेका लागि निर्माण व्यवसायीसँग  ४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?