अब प्रदेश सभामा पनि रास्वपाको प्रतिनिधित्व, जोशी बने रास्वपाको पहिलो प्रदेश सांसद

लोकपथ
1.5k
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रतिनिधित्व भएको छ । डडेलधुराबाट निर्वाचित  स्वतन्त्र सांसद डाक्टर तारा जोशी रास्वपामा प्रवेश गरेसँगै प्रदेश सभामा रास्वपाको उपस्थिति भएको हो ।

जोशी कुलमान घिसिङको संरक्षकत्वमा रहेको उज्यालो नेपाल पार्टी हुँदै रास्वपामा आएका हुन् । सोमबार बेलुका रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता घोषणा गरिएसँगै उनी रास्वपाबाट प्रदेश सभाको पहिलो सांसद बनेका हुन् ।

रास्वपा र उज्यालो नेपाल पार्टीको एकताका लागि लागि गठित वार्ता टोलीका संयोजकसमेत रहेका डाक्टर जोशी लामो समयसम्म वामपन्थी राजनीतिमा सक्रिय थिए ।

डडेलधुरामा एमालेको नेतृत्व गरेका जोशी पछि एकीकृत समाजवादी हुँदै स्वतन्त्र उम्मेदवारको रूपमा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनी अहिले उज्यालो नेपाल पार्टी हुँदै रास्वपामा आएका हुन् । जोशी रास्वपाको पहिलो प्रदेश सांसद बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?