काठमाडौं । पूर्वराष्ट्रपतिद्वय डा.रामवरण यादव र विद्यादेवी भण्डारीबिच भेटवार्ता भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण यादवको निवास लाजिम्पाटमा आज भएको भेटमा वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको पूर्व राष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ ।
उनीहरूबिच वर्तमान सरकारको गतिविधि, आगामी फागुन २१ हुने निर्वाचन र वर्तमान राजनीतिक निकासलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया