लोकन्थली चोकमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

लोकपथ
735
Shares

 भक्तपुर । भक्तपुरमा ट्याङकर र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली चोकमा काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको ना ७ ख ९२६६ नम्बरको डिजेल बोकेको ट्याङकरले भक्तपुरतर्फ नै जाँदै गरेको बा २३ प ९२३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हाे ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३२ वर्षीया स्वस्तिका ऐर बडालको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकल चालक ३४ वर्षीय करणसिंह बडाल गम्भीर घाइते भएका छन् । दार्चुलाको नौगाड गाउँपालिका–१ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्दै आएका उनको कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार ट्याङकर चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ अम्लेखगञ्जका २५ वर्षीय प्रशान्त बललाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वृत्त थिमिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?