खर्चको होडबाजी, उम्मेदवार नै भन्छन् यस्तो !

वीरगन्ज, २३ कात्तिक- -पर्सा १ का एमाले उम्मेदवार विचारी यादव बुधबार मालपोतबाट जग्गाको नक्सा निकालिरहेका थिए । वीरगन्ज महानगरपालिकाको ३ कट्ठा घडेरी बैनाबट्टा गर्न किन्ने पक्ष कुरिरहेका थिए । ‘चुनाव खर्च भएन,’ उनले कान्तिपुरसँग भने, ‘त्यही भएर जग्गा बेच्न लागेको । समयअनुसार निर्वाचन खर्च बढेको छ । अत्यन्त कम गर्दा पनि ५० लाख त लाग्छ ।’ उनले प्रतिकट्ठा २० लाख रुपैयाँका दरले जग्गा बेच्ने तय गरेको बताए निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि २५ लाख रुपैयाँ खर्च सीमा तोकेको छ । ‘पछि कठघरामै उभ्याए पनि म त नढाँटी भन्छु, ५० लाख त लाग्छ–लाग्छ,’ उनले भने, ‘आयोगले तोकेजतिले पुग्दै पुग्दैन ।’ उनको प्रतिस्पर्धा कांग्रेसका उम्मेदवार धनाढ्य व्यापारी अनील रुंगटा र संघीय समाजवादी फोरमका प्रदीप यादवसँग हुँदैछ । प्रदीपको पनि आर्थिक अवस्था विचारीको भन्दा निकै मजबुत छ, कान्तिपुरमा खबर छ   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?