प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईँबिच भेट : जनताबाट मुद्दा अनुमोदन गराउन आग्रह

लोकपथ
105
Shares

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको शान्ति, सुव्यवस्था कायम राख्न र आगामी निर्वाचनमा सहयोग पुर्‍याउन सबै पक्षसँग अपिल गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईँसँगको भेटमा देशले थप अस्थिरता र अशान्ति झेल्न नसक्ने भन्दै शान्तिपूर्ण तरिकाले आफ्ना माग राख्न र जनताबाट अनुमोदन प्राप्त गर्ने लोकतान्त्रिक बाटो अपनाउन आग्रह गरेकी हुन् ।

बालुवाटारमा मंगलबार बिहान भएको भेटका क्रममा उनले निर्वाचनलाई दिगो लोकतन्त्रको आधारको रूपमा प्रस्तुत गर्दै सबै राजनीतिक पक्षलाई जिम्मेवार बन्न आग्रह गरेकी बताइएको छ । 

प्रधानमन्त्री कार्कीले मुलुकलाई कठिन परिस्थितिबाट शान्तितर्फ फर्काएको स्मरण गर्दै निर्वाचनको वातावरण पूर्ण रूपमा तयार भएको पनि जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?