काठमाडौं । साताको तेस्रो कारोबारको दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ७ हजार ९ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन २ लाख ७० हजारमा कारोबार भएको सुनको मूल्य आज तोलामा ७ हजार ९ सय रुपैयाँले घटेर २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य ३०५ रुपैयाँले घटेको छ । योसँगै चाँदीको मूल्य ४५ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया