यस्तो छ रास्वपाले आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची, को को समेटिए ? [सूचीसहित]

लोकपथ
434
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । सोमबार बुझाएको बन्दसूचीमा कलाकार, खेलाडी र विभिन्न पेसाका व्यक्ति समावेश गरेको हो ।

सूचीमा गायक प्रकाश सपुतदेखि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लसम्मका नाम छन् । आदिवासी जनजाति समूहको पुरुषतर्फ डा.राम रामा पहिलो नम्बरमा छन् भने क्रिकेटर ज्ञानेन्द्र मल्ल पाँचौँ नम्बरमा छन् । महिलातर्फ टासी लाजोम पहिलो नम्बरमा परेकी छन् ।

रास्वपाका अनुसार समानुपातिक प्रणालीमार्फत विभिन्न समुदाय, पेसा र क्षेत्रका व्यक्तिहरूलाई प्रतिनिधित्व गराउन सूची तयार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?