नेकपाले समानुपातिक बन्दसूची सार्वजनिक गर्‍यो, सबै नयाँ अनुहारलाई अवसर [नामावलीसहित]

लोकपथ
504
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संघीय तथा प्रदेश तहका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ ।

यसपटक पार्टीले यसअघि संघ र प्रदेशमा सांसद भइसकेकालाई समानुपातिक उम्मेदवार नबनाउने नीति अपनाउँदै सबै नयाँ अनुहारलाई समेटेको जनाएको छ ।

खस आर्य समूहअन्तर्गत महिलातर्फ करुणा बस्नेत पहिलो नम्बरमा रहेकी छन् भने पुरुषतर्फ प्रमेशकुमार हमाल पहिलो स्थानमा छन् ।

आदिवासी जनजाति समूहबाट दीपक जंगम, भीमकुमारी बुढा, परशुराम तामाङ, दिलीप प्रजापति र मंगलसिंह प्रजा लगायतका नाम बन्दसूचीमा समावेश छन् ।

मधेसी समूहतर्फ तारा महतो, रामसखी देवी, जगिकुमार बरबरिया यादव र सुरेन्द्रकुमार जयसवाल लगायतका उम्मेदवार परेका छन् ।

त्यसैगरी दलित समुदायबाट गीता गहतराज, पार्वती विक, गणेशबहादुर विश्वकर्मा र डा. मित्र परियार लगायतलाई बन्दसूचीमा राखिएको छ ।

थारु समुदायअन्तर्गत निशा चौधरी, अञ्जु दहित, भवनकुमार थारु र रामअवतार थारु माथिल्लो क्रममा रहेका छन् भने मुस्लिम समुदायबाट केसर जहा (सकिना मुस्लिम), जरिना बेगम, जार्मिया खातुन, कमरुल नशा र ताज मोहम्मद मियाँको नाम सूचीमा समावेश गरिएको छ ।

पार्टीले समानुपातिक सूचीमार्फत विभिन्न समुदाय, महिला तथा नयाँ नेतृत्वलाई प्राथमिकता दिँदै समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न खोजिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?