काठमाडौं । अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो पार्टी नेपालबिच एक भएर अघि बढ्ने सहमति भएको छ ।
सोमबार लामो छलफलपछि केहीबेरअघि मात्रै सहमति भएको हो ।
रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उर्जामन्त्री समेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमानबिच एक भएर अघि बढ्ने सहमति भएको हो ।
सहमतिपछि तीन जनाको तस्बिर सार्वजनिक गर्दै मेयर बालेनले लेखेका छन्, ‘म नेपाल हाँसेको हेर्न चाहन्छु ।’
त्यसो त केही दिनअघि मात्रै बालेन र रास्वपाबिच एक भएर अघि बढ्ने सहमति भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया