काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बिच एकीकरणको सहमति भएको छ ।
सोमबार साँझ दुई दलबिच एकीकरण गरेर जाने सहमति भएको हो ।सहमति पत्रमा नेकपाका तर्फबाट संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल तथा नाउपाका तर्फबाट रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेकी हुन् ।
दुई दलबिच विभिन्न १० बुँदामा सहमति जुटेको छ ।
दुई पार्टीबिच टिकापुर घटनाको मुद्दा खारेज गर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने सहमति समेत भएको छ ।
‘टिकापुर घटनाका सम्बन्धमा कुनै पनि व्यक्तिलाई प्रतिशोधका आधारमा लगाइएका झुट्टा मुद्दाको खारेजी र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने,’ सहमतिको १०औँ नम्बरमा भनिएको छ ।
यस्तो छ सहमति पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया