हालसम्म ४६ दलले बुझाए समानुपातिकको बन्दसूची, रास्वपा अझै कुलमानसँग वार्तामा

लोकपथ
539
Shares

काठमाडौं । निर्वाचन प्रयोजनका लागि ४६ दलले निर्वाचन आयोगमा समानुपातिकको बन्दसूची बुझाएका छन् ।

केहीबेरअघिसम्म ४६ दलले बुझाएको समानुपातिक बन्दसूचीको नामावली दर्ता भएको हो । त्यसो त कतिपय दलहरुले टोकन लिएर लाइनमा बसिरहेका छन् ।

यता नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायत दलहरुले निर्वाचन आयोगमा पुगेर समानुपातिकको बन्दसूची बुझाइसकेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने अझै आयोगमा पुगेको छैन । रास्वपाका नेताहरुले आज दिउँसै आयोगमा पुगेर टोकन लिए पनि अझै बन्दसूची बुझाउन गएका छैनन् । त्यसो त केही दिनअघि काठमाडौं महानगरका मेयर बालेन शाहसँग मिलेको रास्वपाले उज्यालो नेपाल पार्टीसँग समेत सहमतिको प्रयास गरेको छ । यसअघिका पटकपटकका वार्ताहरु असफल भएसँगै अन्तिम अवस्थामा अहिले पनि वार्ता जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?