काठमाडौं । जेनजीको एउटा समूहले निर्वाचन प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा नाराबाजी गरेको छ ।
सोमबार साँझ समानुपातिकको बन्दसूची बुझाउने अन्तिम दिन आयोगमा पुगेर नाराबाजी गरिएको हो ।
उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत माग गरेका छन् । जेनजी आन्दोलनपछि भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा काम गर्न प्रधानमन्त्री बनाए पनि पूरानै दलहरुसँग मिलेर निर्वाचन गर्न लागिएको भन्दै जेनजीको एक समूह असन्तुष्ट बनेको हो ।
त्यस्तै कतिपय युवाहरुले जेनजीको माग पूरा नगरी निर्वाचन भए बहिस्कार गर्ने धम्की समेत दिएका छन् । नाराबाजी गरेका युवायुवतीलाई सुरक्षाकर्मीले आयोगको परिसरबाट बाहिर निकालेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया