सरकारले जेनजीहरुलाई धोका दियो : उपेन्द्र यादव

लोकपथ
133
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनअघि नै संविधान संशोधन हुनुपर्ने जेनजीको मागलाई सरकारले बेवास्ता गरेको बताएका छन् ।

जनकपुरधाममा सोमवार आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका छन् ।

उनले पहिला संविधान संशोधन र त्यसपछि मात्रै निर्वाचन गर्नुपर्ने युवाहरुको माग रहेको उल्लेख गरे । उनले सरकारले युवाहरुसँग केही दिनअघि मात्रै सम्झौता गरेको तर कुनैपनि कुराहरु अघि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले आन्दोलनकारी युवाहरुको साथमा सरकारले धोका दिएको बताए । लोकतन्त्रमा निर्वाचन महत्वपूर्ण रहेको बताउनुहुँदै आफूहरु निर्वाचनमा जान तयार रहेको बताए ।

उनले भने, ‘चुनाव भन्दा पहिला संविधान संशोधन हुुनुपर्छ । जे माग युवा पुस्ताले राखेका छन्, युवा पुस्तासँग सरकारले संविधान संशोधन लगायतका विषयमा सम्झौता गरेको छ । त्यो अलिकति पनि अघि बढेको छैन । आन्दोलनकारी युवाहरुको साथमा धोका भएको छ । युवाहरुलाई मजाक बनाइएको छ । तर पनि लोकतन्त्रमा निर्वाचन महत्पूर्ण हुन्छ । चुनाव लड्न तयार छौँ । हामी जनताको अधिकारका लागि लड्न तयार छौँ ।’

अध्यक्ष यादवले जनता समाजवादी पार्टी, नेपाल निर्वाचनमा जाने बताए । मधेशका जनतालाई अधिकार सम्पन्न बनाउन र शिक्षा, स्वास्थ्यको ग्यारेन्टीका निर्वाचन लड्न लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?