आन्तरिक प्रतिष्पर्धामा लोहनी पराजित, परेनन् समानुपातिकमा

लोकपथ
483
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. प्रकाशचन्द्र लोहनी आगामी निर्वाचनमा समानुपातिक सूचीमा नपर्ने भएका छन् ।

लोहनी आन्तरिक प्रतिष्पर्धामा पराजित भएसँगै समानुपातिकमा समेत नपर्ने भएका हुन् ।

लोहनीलाई समानुपातिकमा राख्ने वा नराख्ने भन्ने विवाद देखिएको थियो । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकमा त्यसबारे भोटिङ भएको र उनको विपक्षमा बढी मत परेको हो ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीका अनुसार लोहनीको पक्षमा १४ र विपक्षमा १८ मत परेको हो ।

राप्रपाले बनाएको नयाँ मापदण्ड अनुसार लोहनी नसमेटिने भएसँगै उनले आफू समानुपातिक सूचीमा रहनुपर्ने दाबी गरेका थिए । राप्रपाले ०६४ सालयता समानुपातिकबाट सांसद बनेकाहरुले समानुपातिकमा बस्न नपाउने नियम बनाएको थियो । तर ०६४ सालमा आफू फरक दलबाट सांसद बनेको जिकिर गर्दै उनले आफू समानुपातिकमा समेटिनुपर्ने दाबी गरेका थिए । त्यसो त ०ं६४ सालको निर्वाचनमा लोहनी राष्ट्रिय जनशक्ति पार्टीबाट समानुपातिक सांसद बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?