काठमाडौं । जेनजी अभियन्ता एवं हामी नेपाल नामक एनजीओका सञ्चालक सुदन गुरुङले सबै शक्तिहरु एक हुने दाबी गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बनस्थलीस्थित पार्टी कार्यालयमा पहिलोपटक पुगेका सुदनले सो कुरा बताएका हुन् ।
उनले त्यहाँ रास्वपाका उपसभापति डा. स्वर्णीम वाग्लेसँग भेटेका थिए । भेटपछि सामाजिक सञ्जालमा लेख्दै गुरुङले आफूहरुले रवि, बालेन र कुलमानको एकता हेर्न चाहेको र आफूहरु हरसम्भव प्रयास गरिरहेको बताए ।
‘जनता रवि, बालेन र कुलमानको एकता हेर्न चाहन्छन् र हामी जनताको यो सपना साकार पार्न हरसम्भव प्रयास गरिरहेका छौँ,’ उनले भनेका छन् ।
त्यस्तै उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै कुलमानसँग वार्ता चलिरहेको र एकताको प्रयास भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया