प्रहरीका सहायक हवल्दार आफ्नै कोठामा मृत भेटिए

लोकपथ
273
Shares

काठमाडौं । नेपाल प्रहरीका सहायक हवल्दार मृत अवस्थामा फेला परेका छन् ।

सोमबार बिहान नयाँ बानेश्वरको बुद्धनगरस्थित आफ्नै कोठामा सहायक हवल्दार बलबहादुर थापा मृत अवस्थामा फेला परेका हुन् ।

उनी हाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत रहेका थिए ।

उनी घाँटीमा पासो लगाएको अवस्थामा मृत फेला परेको र उनकी श्रीमतीले नजिकैको एभरेष्ट अस्पतालमा पुर्‍याएकी थिइन् ।

अस्पताल पुर्‍याउनुअघि नै उनको मृत्यु भएकोमा डाक्टरहरुले अस्पताल पुर्‍याउने बित्तिकै मृत घोषणा गरेका थिए ।

उनको मृत्युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?