नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने

लोकपथ
266
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा या राष्ट्रिय सभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ ।

पार्टी शीर्ष नेतृत्वबीच सहमति भए अनुसार यसअघि प्रत्यक्ष वा समानुपातिकबाट निर्वाचित भएकाहरूलाई सिफारिस नगरिने निर्णय भएको हो ।

आज समानुपातिकको बन्दसूची बुझाउने अन्तिम दिन हो । देशभरका निर्वाचन क्षेत्रबाट आएका नामहरुमा शीर्ष नेताहरुले होमवर्क गरिरहेको र त्यसमा नयाँलाई समेटेर जाने निर्णय हुने पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।

आगामी फागुन २१ को निर्वाचनलाई लक्षित गरेर आयोगले तोके अनुसार आइतबार (हिजो) र सोमबार (आज) का लागि समानुपातिकको बन्दसूची बुझाउने कार्यतालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?