काठमाडौं । सशस्त्र प्रहरीका ११ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ ।
आइतबार बसेको सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) स्तरीय निर्णय अनुसार ११ जना सशस्त्र प्रहरीका डीएसपीको सरुवा भएको हो ।
जसअनुसार हाल सशस्त्रको मुख्यालय हलचोकको मानस्रोत विभागमा कार्यरत नन्दबहादुर साउदको हुम्ला सरुवा भएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ४४ गुल्म हे. क्वा. हुम्लाको गुल्मपतिको जिम्मेवारीसहित साउदको सरुवा भएको हो । यसअघिका कविन्द्र महर्जनको सरुवापछि साउदलाई सो जिम्मेवारी दिएको हो ।
यसैगरी सशस्त्रको सुनसरी जिल्लाको गुल्मपतिको जिम्मेवारीमा रहेका डीएसपी मात्रीका पौडेललाई जुम्ला सरुवा भएको छ ।
सूची हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया