काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले एकता गरेर अघि बढेका रवि लामिछाने र बालेन्द्र शाह बालेनलाई राजतन्त्रको मुद्दा बोकेर अघि बढ्न आग्रह गरेका छन् ।
आइतबार बिहान कार्यगत एकता गरेर अघि बढ्ने सहमति गरेका काठमाडौं महानगरका मेयर बालेन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेलाई सो सुझाव दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै प्रजातन्त्रको फ्रेमवर्कभित्र संवैधानिक राजसंस्थालाई स्थान दिएर राष्ट्रिय संकटको घडीमा अभिभावकत्व ग्रहण गर्ने गरी राजसंस्थाको जगर्ने गरेर अघि बढ्न आग्रह गरेका हुन् । साथै अहिले बदलिएको भूराजनीतिक र आन्तरिक परिवेशका कारण भावी दिनमा सुशासन र भ्रष्टाचार नियन्त्रणको मुद्दा वर्तमान व्यवस्थाले थेग्न नसक्ने समेत दाबी गरे ।
मिश्रले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् :
धेरै–धेरै बधाई तथा शुभकामना । कतिलाई मन नपर्ने एउटा कुरामा पुनः जोड दिऊ । व्यापक रूपमा बदलिएको भूराजनीतिक र आन्तरिक परिवेशका कारण भावी नेपाललाई अब केवल सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेन्डाले मात्र थेग्न सक्दैन–सक्दै सक्दैन । प्रजातन्त्रको फ्रेमवर्कभित्र संवैधानिक राजसंस्थालाई स्थान दिएर राष्ट्रिय संकटको घडीमा अभिभावकत्व ग्रहण गर्ने गरी त्यो संस्थाको जगेर्ना नगर्ने हो भने, हाम्रा आशा र उत्साह सदा झैँ पुनस् धुमिल हुनेछन् । लेखेर राख्नोस् । रूपान्तरणको मुद्दासँगै तपाईँहरूले राजसंस्थाको मुद्दा पनि बोकिदिनु भयो भने आउने केही दशक तपाईँहरूको दशक हुनेछ र संभवतः नेपालको ऐतिहासिक रूपान्तरण पनि संभव हुनेछ । फेरि एक पटक शुभकामना व्यक्त गरेँ !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया