चुणामणी शर्माविरुद्ध अख्तियारले थाल्यो अर्को अनुसन्धान

काठमाडौँ, २३ कात्तिक- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा निलम्बित सहसचिव चुडामणी शर्माको घरमा ७ दिने म्याद टाँसेको छ आयोगको टोलीले वडा सचिवको रोहवरमा बुधबार बुढानिलकण्ठ नगरपालिका–३ चण्डेश्वरी मार्गमा रहेको शर्माको घरमा पत्र टाँसेको हो ‘बयानका लागि आयोगमा पटकपटक बोलाउँदा पनि आलटाल गर्ने, घरभित्रै बसेर कोही नभएको जवाफ दिने गरेकाले बाध्य भएर ७ दिने सूचना टाँस्नुपरेको हो’ अख्तियार उच्चस्रोतले भन्यो, ‘गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा परेको उजुरीमाथिको छानविन र बयानका क्रममा शर्मालाई डाक्न खोजिएको हो ।’आन्तरिक राजस्व विभागको महानिर्देशक हुँदा भ्रष्टाचारको आरोप लागेर निलम्बनमा परेका शर्मामाथि कर निर्धारणमा अनियमितता गरेको आरोपमा झण्डैं १० अर्ब रुपैंयाँको बिगो र जरिवाना माग दाबी गरिएको छ उनीविरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन छ । उनीविरुद्ध अहिलेको अनुसन्धान भने गैरकानूनी सम्पत्तिआर्जनको उजुरीमा केन्द्रित छ, कान्तिपुरमा खबर छ   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?