उपसभामुख ईन्दिरा रानाले छाडिन् सरकारी गाडी

लोकपथ
245
Shares

काठमाडौं । उपसभामुख ईन्दिरा राना मगरले आफूले प्रयोग गर्दै आइरहेको सरकारी गाडी फिर्ता गरेकी छन् ।

आइतबार उपसभामुख रानाले संघीय संसद सचिवालयमा प्रक्रिया पुर्‍याएर गाडीको चाबी हस्तान्तरण गरेकी हुन् ।

उनले उक्त गाडी धेरै पटक दुर्घटनाबाट जोगिएका र आफ्नो ज्यान जोगिएको भन्दै चाबी हस्तान्तरण गरिन् ।

‘यो बीवाईडीको, यो ल्यान्डक्रुजर २२ वर्ष पुरानो गाडीको । बीवाईडी पनि स्कृन क्लियर नहुने । यसले धेरैपटक ठोकियो पनि । झन्डै मेरो ज्यान पनि गएको छ । आज म यो बुझाउँदै छु । झन्डै म चाहिँ मरिनँ यो गाडीले गर्दा,’ उनले भनेकी छन् ।

त्यसो त उनी सिंहदरबारबाट ट्याक्सी चढेर बाहिरिएकी छन् ।

प्रतिनिधि सभा विघटन नभएको भए अझै दुई वर्ष उपसभामखुसहित सभामुखको कार्यकाल बाँकी रहन्थ्यो । तर संसद विघटन भएको र संविधानको व्यवस्थाका कारण उनको कार्यकाल आज रातिबाट कार्यकाल सकिँदैछ ।

‘प्रतिनिधि सभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन्,’ सभामुख र उपसभामुखको कार्यकालबारे संविधानको धारा ९१ को उपधारा ६ (क) मा लेखिएको छ ।

फागुन २१ को निर्वाचनका लागि आज र भोलि समानुपातिकको सूची बुझाउने कार्यतालिका रहेको छ ।

सोही अनुसार हरेक दलले आफ्नो समानुपातिक सूची बुझाएपछि मनोनयन दर्ता भएको मानिनेछ । सोही अनुसार आज नै उपसभामुख रानाले सरकारी गाडी छाडेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?