काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेपाली शेयर बजारमा उछाल आएको छ ।
आज शेयर बजार मापक नेप्से परिसूचक ४७ दशमलव ५५ अंकले बढेको हो । त्यसो त आज बजार १ दशमलव ८३ प्रतिशतले वृद्धि हुँदा बजार बिन्दू २ हजार ६ सय ३३ दशमवल ४२ अंकमा रोकिएको छ ।
त्यसो त आज कुल १ करोड ३४ लाख ८१ हजार १ सय ४५ कित्ता शेयर ५ अर्ब ५३ करोड १३ लाख ७० हजार ६१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार आज कारोबारमा आएकामध्ये २३८ कम्पनीका लगानीकर्ता मालामाल भएका छन् भने २१ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
नेपालको शेयर बजारलाई राजनीतिक चहलपहलले समेत प्रभाव पार्ने गरेको विश्लेषण हुने गरेको छ । त्यसो त आइतबार बिहान मात्र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच पार्टी एकता गर्ने सहमति भयो । सोही सहमतिपछि नेपाली राजनीतिमा देखिएको तरंगले शेयर बजारमा समेत सकारात्मक प्रभाव पारेको विश्लेषण भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया