राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

लोकपथ
56
Shares
फाइल तस्बिर

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।

पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भोलि (पुस १४ गते) बस्नेगरी बैठक अह्वान हो । 

आसन्न निर्वाचनको तयारी, समानुपातिक उम्मेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल गर्ने  श्रेष्ठले जानकारी दिए । 

उनले भने, बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । निर्वाचनको तयारी, समानुपातिक उम्मेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल हुनेछ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?