समानुपातिक उम्मेदवार तय गर्न आज पनि बस्दैछ कांग्रेस कार्यसम्पादन समिति बैठक

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ ।  बैठक बिहान ११ बजे बस्न लागेको हो । 

यसअघि शनिबारको बैठकमा समानुपातिक तर्फका १ सय १० उम्मेदवार चयन गर्ने मापदण्ड तयार गरी नाम छनोट प्रक्रिया सुरु गरिएको छ ।

त्यसैगरी, विगतको निर्वाचनमा पार्टी वा पार्टीले समर्थन गरेको उम्मेदवारको विरोधमा काम गरेका वा अनुशासन उल्लंघन गरेका सदस्यहरूको कारबाही अवधि समाप्त गर्ने निर्णय भएको छ । उनीहरूको सदस्यता निरन्तर रहने गरी नवीकरण गरिनेछ ।

पार्टी छोडेका सदस्यलाई पनि कांग्रेसमा फर्किन आह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?