काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले ‘नयाँ दिन, नयाँ सुरुवात’ भएको बताएका छन् ।
रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच भएको सम्झौतापछि मन्त्री खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै यस्तो धारणा व्यक्त गरेका हुन् ।
यो पनि : रवि र बालेनबिच सातबुँदे सम्झौता,पार्टीको नेतृत्व रवि र सरकारको नेतृत्व बालेनले गर्ने समझदारी
उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘नयाँ दिन, नयाँ सुरुवात। सुन्दर र समृद्ध नेपालको सपना गन्तव्य तय हुँदैछ।’
मन्त्री खरेलको उक्त अभिव्यक्तिलाई रवि–बालेनबिच भएको सहमतिप्रति सरकारको सकारात्मक संकेतका रूपमा हेरिएको छ । राजनीतिक वृत्तमा यस सम्झौताले आगामी दिनमा नयाँ सहकार्यको बाटो खोल्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया