एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

लोकपथ
210
Shares

 काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेपछि बस्न लागेको यो एमालेको पहिलो सचिवालय बैठक हो ।

 बैठकमा संगठनात्मक विषयसँगै आगामी निर्वाचनका तयारीबारे समेत छलफल हुने बताइएको छ ।

देशभरबाट प्राप्त भएका समानुपातिकतर्फका उम्मेदवारहरूको नाममाथि छलफल हुने जनाइएको छ । 

एमालेले समानुपातिक निर्वाचनका लागि बन्द सूची तयार पार्ने प्रक्रियाअन्तर्गत उम्मेदवारहरूको नाम संकलन गरिरहेको छ ।

पार्टी नेतृत्व चयनपछि पहिलो पटक बस्न लागेको सचिवालय बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?