रवि र बालेनबिच सातबुँदे सम्झौता,पार्टीको नेतृत्व रवि र सरकारको नेतृत्व बालेनले गर्ने समझदारी

लोकपथ
287
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच सातबुँदे राजनीतिक सहमति भएको छ ।

प्रमुख शाहले सामाजिक सञ्जालमार्फत सहमतिपत्रमा हस्ताक्षर गर्दै गरेको तस्बिर सार्वजनिक गर्दै ‘शुभप्रभात’ लेखेका छन् । उनका अनुसार सहमति आज बिहान भएको हो । सहमतिपत्रमा रास्वपाका सभापति रवि लामिछाने र प्रमुख शाहले हस्ताक्षर गरेका छन् ।

सार्वजनिक गरिएको सहमतिअनुसार नवयुवाले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिँदै त्यस क्रममा घाइते भएका व्यक्ति तथा सहिद परिवारका मागको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सहमतिको अर्को महत्त्वपूर्ण बुँदामा रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने उल्लेख गरिएको छ ।

यस्तै, सहमतिपछि स्थापित हुने राजनीतिक दल, चुनाव चिह्न तथा पार्टी कार्यालयको नाम राष्ट्रिय स्वतन्त्र पार्टीकै रहने सहमतिमा जनाइएको छ। पार्टीको संगठनात्मक संरचनामा युवाको व्यापक सहभागिता सुनिश्चित गर्ने विषय पनि सहमतिमा समेटिएको छ ।

यो सहमतिलाई नेपाली राजनीतिमा वैकल्पिक शक्तिको एकता प्रयासका रूपमा हेरिएको छ भने आगामी निर्वाचनको समीकरणमा यसको प्रभाव पर्ने आँकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?