झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला राजनीतिक दलले जनताको चाहनाअनुसार देश बनाउन नसक्दा अहिलेको अवस्था आएको बताएका छन् ।
बिर्तामोडमा आज आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछि ठुला दलले नेतृत्व गरेको सरकार ढलेको प्रसंग उल्लेख गरे । यसले राज्य संयन्त्र कति कमजोर छ भन्ने कुरा स्पष्ट भएको उनको भनाइ थियो ।
अध्यक्ष लिङ्देनले गत भदौ २४ गते भएको घटनाको बेला आफूहरूले उठाएका विषयलाई बेवास्ता गरिएको बताए । उनले अहिले त्यसलाई नसुनेकामा नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी दलहरू पछुताइरहेको दाबी गरे ।
देश विकासका लागि वैकल्पिक बाटो आवश्यक रहेको बताउँदै उनले ऊर्जा, कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
सबै नागरिक इमानदारीपूर्वक राष्ट्र निर्माणमा लागेमा पाँच वर्षभित्रै देश विकासको बाटोमा अघि बढ्न सक्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया