सानो घर, एउटा गाडी र सहज शिक्षा र स्वास्थ्यको पहुँच नै नेपाली युवाको आशा : कुलमान घिसिङ

लोकपथ
168
Shares
फाइल तस्बिर

काठमाडौं । अन्तरिम सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले नेपाली युवालाई स्वदेशमै राख्न सरकारले न्यूनतम सुविधा उपलब्ध गराउनुपर्ने बताएका छन् ।

शनिबार आयोजित राष्ट्रिय घर निर्माण महोत्सवको उद्घाटन गर्दै मन्त्री घिसिङले भने, ‘नेपाली युवाको सपना भनेको एउटा सानो घर, साधारण गाडी र बच्चालाई शिक्षा, स्वास्थ्यको सहज पहुँच हो । यदि सरकारले यसलाई आधारभूत आवश्यकता मान्दै ऋण वा अन्य सहयोगको व्यवस्था गर्‍यो भने हरेक युवा नेपालमै बस्न सक्छ ।’

उनले थपे, ‘नेपालमा बस्नु भन्ने तर बस्नसक्ने वातावरण नहुनुले युवाले देशमै बस्न सक्दैनन् । यही अवस्था सुधार्न सक्नुपर्छ। यही नै नेपालको प्रारम्भिक आर्थिक रूपान्तरणको सुरुवात बिन्दु हुनेछ। आगामी सरकारले यसतर्फ काम गर्नुपर्छ ।’

मन्त्री घिसिङले वर्तमान सरकार छोटो अवधिको भएकाले धेरै अपेक्षा नगर्न आग्रह गर्दै, देशको द्रुत विकासका लागि कानुन, ऐन र प्रक्रियागत झन्झट हटाउनुपर्ने र निर्माण व्यवसायको क्षमता वृद्धि नभएसम्म द्रुत विकास सम्भव नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?