कानूनी शासन स्थापित नगरी जेनजी का माग पूरा गर्न सकिँदैन : अर्थमन्त्री खनाल

लोकपथ
112
Shares

काठमाडौं । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बोलेको कुरा सबै लागू गर्नसके मात्रै आशा गरेअनुसारको परिवर्तन सम्भव रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बोलेको कुरा गर्न कतिपय अवस्थामा नसकिने बताए । 

प्रणालीमा वाक इन द टकको ठुलो समस्या रहेको बताए । कुनै पनि दायित्व नलिइकन बोल्दा जति खुला हुन्छ दायित्व लिएर गर्न त्यत्तिकै कठिन रहेको बताए । 

रुल अफ ल स्थापित भएपछि मात्रै जेनजीहरुले अपेक्षा गरेको सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न सकिने बताए । आन्दोलन पछि पनि कानुन परिपालना गर्ने कुरामा कोही पनि कटिबद्ध नभएको बताउनु भयो । कानुनी शासन स्थापित गर्न अहिले पनि नसकिएको बताए । 

उनले भने, ‘हामी जे बोल्छौँ, त्यही गर्नको निमित्त हामी कतिपय अवस्थामा सक्दैनौँ । प्रणालीमा वाक इन द टकको ठुलो समस्या छ । कुनै पनि दायित्व नलिइकन बोल्दाखेरी जति खुला तरिकाले बोल्न सकिन्छ, त्यही कुरा दायित्व लिँदा गर्नै सकिँदैन । गर्न सकिने कुरा मात्रै बोल्ने र बोलेको कुरा सबै गर्ने यदि हामीले गर्न थालियो भने आशा गरेअनुसारको परिवर्तन सम्भव छ । रुल अफ ल भनेको अत्यन्त महत्त्वपूर्ण कुरा हो । यो स्थापित गरेपछि मात्रै जेनजीहरुले अपेक्षा गरेको सुशासन, भ्रष्टाचार नियन्त्रण उहाँहरूले शुरुदेखि हामीसँग संवाद गर्ने क्रममा प्रत्येक पटक भन्दै आउनुभएको छ । मन्त्रीज्युले भनेपछि जे पनि हुने व्यवस्था व्यवस्था नै होइन । कानुनले भनेपछि जे पनि हुने हो । हुनुपर्छ । कानुन परिपालना गर्ने कुरामा कोही पनि कटिबद्ध छैन । यो परिवर्तन पछि पनि मसँग आउने आग्रहहरू राजश्व अनुसन्धान विभागले फलानोलाई समात्यो छोडिदिनुपर्‍यो । अहिले हामीले स्थापित गर्नुपर्ने भनेको रुल अफ ल हो । त्यसको विकल्प छैन तर त्यो गर्न सकिएको छैन ।’

अर्थमन्त्री खनालले यसअघिका अर्थमन्त्रीहरूले वित्तीय प्रशासनमा महत्त्वपूर्ण भूमिका खेलेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?