देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै प्रधानमन्त्री कार्की,

लोकपथ
84
Shares

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्ने भएकी छन् ।

प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न लागेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल आज दिउँसो ४ बजे हुनेछ । सरकारले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र समसामयिक राजनीतिक विषयमा सहमति जुटाउने उद्देश्यले तीन दलका शीर्ष नेतासँग छलफल गर्न लागेको जनाएको छ ।

यसअघि शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तीनै दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेटघाट गरेका थिए । त्यसैगरी केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबिच शीतल निवासमा भेटवार्ता भएको थियो ।

उक्त छलफलको निरन्तरता स्वरूप प्रधानमन्त्री कार्कीले शनिबार पुनः तीन दलका शीर्ष नेतासँग संवाद गर्न लागेकी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?