काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीभित्र तोकिएको मितिमा विशेष महाधिवेशन गर्न दबाब बढाएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर विशेष महाधिवेशन पक्षधरले पार्टीको विधान बमोजिम विशेष महाधिवेशन गर्न दबाब दिँदै ज्ञापनपत्र बुझाएका हुन् ।
विशेष महाधिवेशन पक्षधरले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर ज्ञापनपत्र बुझाउन कार्यालय पुगेका थिए । तर खड्काले मुख्यसचिव डा. कृष्णप्रसाद पौडेललाई पत्र बुझ्न पठाएका हुन् ।
विशेष महाधिवेशन पक्षले यसअघि नियमित महाविधेशनका लागि तोकिएको पुुस २८ को मितिमै विशेष महाधिवेशन गर्नुपर्ने अडान कायम राखेका छन् । साथै समय र स्थान तोक्न दबाब दिएका छन् ।
‘हामी पुनः स्पष्ट पार्न चाहान्छौँ– विशेष महाविधेशन, महाविधेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार हो । विधानले तोकेको समयसीमा ‘‘तीन महिना’’ अर्थात् २०८२ पौष २८ भित्रै विशेष महाविधेशन अनिवार्य रुपमा सम्पन्न गर्नैपर्छ । अतः विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशनको मिति र स्थान तोक्ने निर्णय गर्न र अबिलम्ब विशेष महाधिवेशन प्रक्रिया अगाडी बढाउन जोडदार माग गर्दछौँ,’ ज्ञापन पत्रमा भनिएको छ ।
त्यसो त यसअघि गत असोज २९ गते नै पार्टी केन्द्रीय कार्यालयमा पुगेर विशेष महाविधेशन पक्षधरले ५४ दशमलव ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएको थियो । तर मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले पुस २८ गतेबाट नियमित महाविधेशन गर्ने कार्यतालिका ल्याएको थियो । तर विशेष महाधिवेशन पक्षधरले भने नियमित महाधिवेशन हुनेमा शंका गर्दै सम्भव नभएमा विशेष महाविधेशनको बाटो खुला रहने अडान राख्दै आइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया