प्रभु बैंकका सीईओ शेरचनलाई हाजिरी जमानीमा छाड्न आदेश

लोकपथ
217
Shares

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन हाजिरी जमानीमा रिहा भएका छन् ।

विशेष सरकारी वकीलको कार्यालयले शुक्रबार शेरचनलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको कार्यालयकी सूचना अधिकारी सीता पोखरेलले लोकपथलाई जानकारी दिइन् ।

ठगी मुद्दामा सीईओ शेरचनसहितका व्यक्तिहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो ।

सीआईबीको टोलीले गत मंसिर १४ गते सीईओ शेरचनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।

सीआईबीले शेरचनले केन्द्रीय बैंकको निर्देशन विपरित बैंकलाई हानी पुर्‍याइ त्यसलाई ढाकछोप गर्न अन्य ठाउँमा लगानी गरेको भन्दै शेरचन लगायतका व्यक्तिहरुमाथि अनुसन्धान गरेको थियो ।

सीआईबीले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र बैंकको प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठसमेतलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?