काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन् । मन्त्री बन्न लागेका शर्मालाई आज राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको तयारी गरिएको छ ।
शर्मालाई परराष्ट्र मन्त्रालय दिने तयारी भइरहेको छ । साथै शर्मालाई रक्षा मन्त्री बनाउन लागिएको समेत चर्चा छ । दुवै मन्त्रालयको जिम्मेवारी हाल प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै भागमा राखेकी छन् ।
नेपाली सेनाको पूर्वरथीसम्म बनेका शर्मा माओवादी द्वन्द्वकालपछि सेना समायोजन विशेष समति सचिवालयको संयोजक समेत बनेर काम गरिसकेका व्यक्ति हुन् ।
नेपाली सेनामा माओवादी लडाकुहरुको समायोजनको कुशल नेतृत्वकर्ताको रुपमा शर्मा परिचित रहेका छन् ।
गत भदौ २७ गते प्रधानमन्त्री बनेपछि सुशीला कार्कीले पटकपटक मन्त्रिपरिषद् विस्तार गरिसकेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया