काठमाडौं । सञ्चार एवं सूचना प्रविधिमन्त्री जगदीश खरेल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटघाट भएको छ ।
सञ्चारमन्त्री खरेल ओली भेट्न भक्तपुरको गुण्डु पुगेका हुन् ।
फागुन २१ को निर्वाचनको वातावरण बनाउन सरकारले विभिन्न राजनीतिक दलहरुसँगको भेटघाटलाई तीव्रता दिइरहेको छ । यसैक्रममा आज खरेलले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।
त्यस्तै सञ्चारमन्त्री खरेलले आज नै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेट्ने तयारी रहेको छ ।
त्यसो त केही दिनअघि सरकारले कानुनमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय संवाद समितिले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त पार्टी कार्यालयहरुको अवलोकन समेत गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया