हालसम्मकै उच्च बिन्दुमा पुग्यो सुनको मूल्य

लोकपथ
301
Shares

काठमाडौं । नेपाली बजार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य  प्रतितोला  १२ सय रुपैयाँले बढेको हो । 

अघिल्लो दिन २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १८ सय रुपैयाँले बढेर २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  यो मूल्य हाल सम्मको उच्च हो ।  

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज  चाँदी १ सय ६५ रुपैयाँले बढेर  ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?