रास्वपाले सार्वजनिक गर्‍यो समानुपातिक उम्मेदवारको अन्तिम सूची

लोकपथ
1.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ ।

पार्टीले शुक्रबार सार्वजनिक गरेको सूचीअनुसार ३८७ जना आकांक्षी उम्मेदवार समानुपातिकतर्फको लागि चयन भएका छन् । 

प्रारम्भमा ४१४ जना आकांक्षीहरूले आवेदन दिएका थिए । यस क्रममा २७ जनाको नाम अन्तिम सूचीमा समावेश गरिएको छैन ।

रास्वपाका प्रवक्ताका अनुसार सूचीमा नाम नपरेका उम्मेदवारहरूलाई भर्चुअल माध्यमबाट उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?