काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बिहान १० बजे महाराजगञ्जस्थित देउवाको निवासमा वार्ता सुरु भएको हो ।
खरेलको सचिवालयका अनुसार, देउवासँगको भेटपछि मन्त्री खरेल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बिहान ११ बजे गुण्डुमा भेट्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग १२ बजे भेटघाट गर्ने तयारीमा छन् ।
राजनीतिक विश्लेषकहरूले भने खरेलको यस भेटघाटलाई शीर्ष नेताहरूसँग समन्वय र छलफलका लागि महत्त्वपूर्ण कदमको रूपमा मूल्याङ्कन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया