काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले विघटित प्रतिनिधिसभाका तीन ठूला दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने भएका छन् ।
उनले नेपाली कांग्रेसका सभापति शेरबहादर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गर्ने तयारी गरेका हुन् ।
मन्त्री खरेलको सचिवालयका अनुसार, बिहान ९:३० बजे देउवा, ११ बजे ओली र १२ बजे प्रचण्डसँग भेटवार्ता तय गरिएको छ । यसअघि सरकारी टोलीले यी तीन दलका पार्टी कार्यालयमा पनि अनुगमन गरेको थियो ।
सरकारी भेटघाटले आगामी राजनीतिक निर्णय र समन्वयमा प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया