विद्युतीय लाइन मुनिको जग्गा पनि अब कित्ताकाट गर्न पाइने

लोकपथ
280
Shares

काठमाडौं । अब विद्युत् प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने भएको छ । सरकारले भू-उपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फत यो नयाँ व्यवस्था गरेको हो ।

नयाँ नियम अनुसार प्रसारण लाइनको राइट अफ वे (लाइनको सुरक्षाका लागि तोकिएको क्षेत्र) भित्रको जग्गा पनि स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा कित्ताकाट गर्न सकिने छ। तर सुरक्षाका नियम भने यथावत् रहनेछन् । त्यस भित्र घर, अग्ला रुख रोप्न वा जोखिमयुक्त काम गर्न पाइने छैन ।

प्रसारण लाइनको राइट अफ वेको चौडाइ लाइनको भोल्टेज, टावरको उचाइ र तारको झुन्डिने अवस्थाअनुसार तोकिन्छ। उदाहरणका लागि :

६६ र १३२ केभी लाइन : १८ मिटर (टावरको केन्द्रबाट ९ मिटर दायाँ–बायाँ)

२२० केभी लाइन : ३० मिटर (१५ मिटर दायाँ–बायाँ)

४०० केभी लाइन : ४६ मिटर (२३ मिटर दायाँ–बायाँ)

लाइन निर्माणका क्रममा टावर राख्नुपर्ने ठाउँको जग्गा मुआब्जा लिएर अधिग्रहण गरिन्छ, तर राइट अफ वेमा पर्ने जग्गाको स्वामित्व भने जग्गाधनीकै नाममा रहन्छ र निश्चित प्रतिशत क्षतिपूर्ति दिइन्छ । हाल १०–२५ प्रतिशतसम्म क्षतिपूर्ति दिइने व्यवस्था छ ।

यो नयाँ नियमले राइट अफ वेमा पर्ने जग्गा कित्ताकाट गर्न, नामसारी गर्न र बैंक वा वित्तीय संस्थामा धितो राख्न सकिने भएकाले, यसले जग्गाधनीलाई आर्थिक र सामाजिक समस्या समाधानमा मद्दत पुर्‍याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?