कर्नाटकमा बस–ट्रक ठोक्किँदा ९ जनाको मृत्यु

लोकपथ
49
Shares

भारत । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा बिहीबार एउटा निजी स्लिपर बस र ट्रकको ठक्करमा नौ जनाको मृत्यु भएको छ भने अन्य धेरै यात्री घाइते भएका छन् ।

प्रहरीको अनुसार दुर्घटना कर्नाटकको राजधानी बेंगलुरुबाट करिब २०३ किलोमिटर उत्तर–पश्चिममा पर्ने चित्रदुर्गा जिल्लाको हिरियुर क्षेत्रस्थित गोरलाथु गाउँको राजमार्गमा भएको हो ।

प्रहरीका अनुसार विपरीत दिशाबाट आउँदै गरेको ट्रकले सडकको डिभाइडर नाघेर बसलाई ठक्कर दिएको थियो ।

ठक्कर लगत्तै बसमा भीषण आगो लागेको र केही बेरमै आगोले पूरै बसलाई चपेटामा लिएको थियो। बसमा चालक र सहचालकसहित कुल ३२ जना सवार रहेको जानकारी प्राप्त भएको छ ।

भारतमा सडकको जीर्ण अवस्था, ओभरलोडिङ र चालकको लापरबाहीका कारण यस्ता घातक सडक दुर्घटनाहरू बारम्बार हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?