काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको आगामी महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले १५औँ महाधिवेशनमा पनि आफू महामन्त्री पदमै उम्मेदवार बनेको तर सफल हुन नसकेको बताए । त्यसअघि पनि आगामी महाधिवेशनमा फेरि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने उनले स्पष्ट पारे ।
उनले भने, ‘१४औँ महाधिवेशनमा म महामन्त्रीमा लडेँ तर जित्न सकिनँ। अहिले त्यसभन्दा तलको पदमा लड्न मिल्दैन, र माथिल्लो पदमा जानका लागि अवस्था बनिसकेको छैन ।’
महामन्त्री सभापतिसहितको समूहबाट चयन हुने पार्टीको अभ्यास रहेको उल्लेख गर्दै उनले अहिले कुन समूह भन्ने टुंगो नलागेको बताए । देशको अवस्था र जनताको चाहनाअनुसार पार्टीमा नयाँपन दिन सक्ने सक्षम नेतृत्वसहितको समूह बन्ने उनको भनाइ छ ।
उनले महाधिवेशन समय अभावको बहानामा लम्ब्याउने प्रयास भइरहेको आरोप पनि लगाए ।‘अहिले समय छैन भनेर महाधिवेशन धकेल्ने प्रपञ्च भइरहेको छ । यसमा मुख्य नेतृत्व जिम्मेवार छ, ‘उनले भने ।
पार्टीभित्र चुनौती बढिरहेको अवस्थामा महाधिवेशनलाई अन्योलमा राख्न नहुने उनको भनाइ छ । उनले निर्वाचनअघि महाधिवेशन गरेर नेतृत्व परिवर्तन नगरे कांग्रेसले ठुलो हार बेहोर्नुपर्ने चेतावनी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया