काठमाडौं । एनआईसी एशिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् ।
बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले अग्रवाललाई अध्यक्षको जिम्मेवारी दिएको बैंकका सहायक सीईओ एवं सूचना अधिकारी जयन्द्र रावलले जानकारी दिए ।
नवनियुक्त अध्यक्ष अग्रवालले बिहीबार राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
नवनियुक्त अध्यक्ष अग्रवाल नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो समयका गरेको अनुभव प्राप्त व्यक्ति रहेको सहायक सीईओ रावतले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया